बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लमजुङ–पोखराको शुभकामना

लमजुङ–पोखराको शुभकामना


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८२, सोमबार

पोखरा/लमजुङ–पोखरा सम्पर्क समितिले तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लमजुङबाट पोखरा आइ बसोबास गर्ने महिला दिदी बहिनीहरुलाई समितिले तीजको शुभकामनासहित दर खुवाएको हो ।

कार्यक्रममा लमजुङकी चेली सावित्री घिमिरेलाई नारी सम्मानबाट सम्मानित गरिएको थियो भने समितिमा आबद्द परिवारमध्ये सबैभन्दा बृद्ध मैया श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ रहेका थिए । उनले तीज साझा संस्कृति भएकाले यसलाई विकृति, विसंगतिबाट मुक्त गर्नुपर्ने बताए ।

समितिका अध्यक्ष ईश्वर चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–९ की वडा सदस्य लक्ष्मी पहारी, समितिका पूर्वअध्यक्ष विश्वलाल श्रेष्ठ, सूर्यप्रसाद बराल, चम्पा रानाभाट, निवर्तमान अध्यक्ष कृष्ण गिरी, समितिका सल्लाहकार प्रेमकमारी गुरुङ, महिला उपसमितीकी पूर्व संयोजक एवं सल्लाहकार काशीमाया गुरुङ, महिला उपसमितीकी संयोजक पार्वती खनालले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संयोजन लीलाबहादुर गुरुङले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शशी श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->