बागलुङ/नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ गलकोट नगर समितिले हरितालिका तीजको अवसरमा खाद्यान्न वितरण गरेको छ । संघले सामाजिक उत्तरदायित्व बहन गर्दै गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
खाद्यान्न हस्तान्तरण गर्दै नेपाल महिला संघ गलकोट नगर समितिका अध्यक्ष मिना श्रेष्ठले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आपसी सद्भाव, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताइन् । उनले तीज पर्व केवल गीत नृत्य र रमाईलोमा मात्र सिमिति नभई एकआपसमा दुखसुख बाँड्ने संस्कृतिको प्रतिक भएको बताइन् ।
गलकोट नगरपालिका वडा नं. १ देखी ११ का मनकुमारी कार्की, खुईटे सार्की, खेमबहादुर दर्जि, जमुना सुवेदी, यमकली विक, सरिता विक, सरस्वती गुरुङ, मनबहादुर क्षेत्री, दिलकुमारी विक, प्रेम विक र धना घर्तीलाई खाद्यान्न वितरण गरिएको हो ।
खाद्यान्न ग्रहण गर्दै सहभागिहरुले समाजका कमजोर र बञ्चित वर्गलाई प्रत्यक्ष राहत पुयाउने उद्देश्यले महिला संघ गलकोट नगर कार्यसमितिको सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्धता देखाएको कार्य सह्रानिय रहेको बताएका थिए ।





