बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सचेतनामूलक अभियान चलाउँदै परिवार नियोजन संघ

सचेतनामूलक अभियान चलाउँदै परिवार नियोजन संघ


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८२, मंगलबार

पोखरा/नेपाल परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक अभियान संचालन गर्ने भएको छ ।

संघले चालु आर्थिक वर्षको असार मसान्तसम्म अभियान संचालन गर्ने नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान १६ देखि २१ वर्ष उमेर समूहका किशोर किशोरीहरुका लागि लक्षित गरी कास्की जिल्लाका विद्यालय र कलेजमा संचालन गरिने छ ।

अभियानअन्तर्गत विभिन्न २४ स्थानमा कार्यक्रम गरिने छ । कार्यक्रमका लागि स्थानीय सरकारसँग सहकार्यको प्रयास गरिने सभापति सिग्देलको भनाइ छ । पछिल्लो समय युवाका लागि अति आवश्यक यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाका बारेमा कार्यक्रम संचालन हुने क्रम घट्दै गइरहेको पाइएको छ ।

‘लक्षित वर्गमा पुगेर प्रभावकारी रुपमा अभियान संचालन गरिने छ, नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले भने,‘अभियानमा जोडिन हामी विद्यालय र कलेजहरुलाई आग्रह गर्दछौं ।’

पोखरा १२ उपकार मार्गमा रहेको नेपाल परिवार नियोजन संघ कास्की शाखाले परिवार नियोजनका सेवाहरु, सुरक्षित गर्भपतन, पुरुष बन्ध्याकरण, यौनजन्य संक्रमणको परामर्श तथा उपचार, बाँझोपनको परामर्श, पाठेघरको मुखको क्यान्सर परिक्षण, एचआइभी परिक्षण तथा परामर्श, सुरक्षित मातृत्व लगायत प्रजनन् स्वास्थ्य सँग सम्वन्धित सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->