आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला मुक्तिका लागि तिज एक आन्दोलन : उपसभामुख थापा

महिला मुक्तिका लागि तिज एक आन्दोलन : उपसभामुख थापा


  • अनिष पाठक
  • भाद्र १० २०८२, मंगलबार

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभाका उपसभामुख विना थापाले महिला मुक्तिका लागि तिज एक आन्दोलनको माध्यम बनेको बताएकी छन् । पुर्कोट युवा क्लब ढोरपाटन नगरपालिका वडा नं. ३ देउरालीले आयोजना गरेको तिज विशेष मेलाको समापनमा बोल्दै उपसभामुख थापाले तिज महिला एकता र मेलमिलापको दिन भएको बताइन् ।

थापाले आफ्नो हक अधिकार, हिंसा तथा पिडाबाट मुक्तिका लागि माध्यम बनेको तिजबाटै महिलाले संविधानमा आफ्ना लागि कानुन बनाउन सफल भएको बताइन् । सामाजिक काममा क्लबको भुमिका पनि महत्वपुर्ण हुने भन्दै धेरै खेलाडीहरु प्रदेश र राष्ट्रिय स्तरमा स्थान बनाएको पश्चिम बागलुङ भलिबल खेलाडिको हब भएको थापाले बताइन् ।

वडाध्यक्ष खिम बहादुर सुनारले वडामा काम गर्न अझै बाँकी भएपनि खेल क्षेत्रमा जस्तै सामाजिक काममा पनि युवा एकजुट भए वडाको विकास गर्न धेरै समय नलाग्ने बताए । पुर्व इलाका सदस्य निल बहादुर पुनले रिती अनुसार चाडपर्व मनाउनुपर्ने भन्दै महिला उत्थानको लागि तिज आन्दोलनको रुपमा रहेको तर्क राखे ।

यसैबीच मेलाको अवसरमा आयोजित पुरुष भलिवल प्रतियोगितामा निसीखोला–१ विजेता तथा निसिखोला–३ उपविजेता बन्दा ३२ वर्ष माथिको पुरुष भलिवल प्रतियोगितामा निसीखोला–४ विजेता तथा आयोजक उपविजेता बन्न सफल भएको छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->