बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एकैदिन ४ हजार जनाले गरे रक्तदान

एकैदिन ४ हजार जनाले गरे रक्तदान

भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रगत संकलन भएको ब्रह्माकुमारीका नेपाल महासचिव शैलेषराज बरालले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८२, बुधबार

पोखरा/ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजित रक्तदान कार्यक्रमबाट ४ दिनमा ११ हजार ९ सय १६ जनाले रक्तदान गरेका छन् । रक्तदान ब्रह्माकुमारीले भदौ ६ गतेबाट काठमाडौं, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बागलुङ र नेपालगञ्जमा रक्तदान कार्यक्रम सुरु गरेको थियो ।

भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रगत संकलन भएको ब्रह्माकुमारीका नेपाल महासचिव शैलेषराज बरालले जानकारी दिए । एकैदिन यति धेरै रगत संकलन भएको यो पहिलो हो । सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८ औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त संकलन कार्यक्रम सुरु गरिएको हो । केन्द्रले नेपाल र भारतमा गरी १ सय घण्टामा एक लाख पिन्ट रक्त संकलन गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->