काठमाडौं / एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ । धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् ।
पक्राउ पुर्जी जारी भएपछि ऐन आफैं प्रहरीमा उपस्थित भएका छन् । साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले पक्राउ परेको पुष्टि गरे । पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै अवस्थीले रीतपूर्वक अदालतमा पेश गरिएको बताए ।





