आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भैरवस्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने हो : मन्त्री पाठक

भैरवस्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने हो : मन्त्री पाठक

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले भने, ‘मन्दिरको मौलिक वास्तुकला र संस्कृतिको संरक्षण गर्दै पूर्वाधार निर्माणमा गरी सौन्दर्यकरण गर्न सके भैरवस्थान मन्दिर क्षेत्र धार्मिक पर्यटनको हब बन्न सक्छ ।’


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८२, बुधबार

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रसिद्व धार्मिक शक्तिपिठ भैरवस्थान मन्दिर क्षेत्रलाई पर्यटनको केन्द्र बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् । भैरवस्थान मन्दिरमा धार्मिक पर्यटनको प्रचुर संभावना रहेकोले नयाँ विस्तृत अध्ययन प्रतिवदेशन (डिपिआर) बनाएर काम अघि बढाउन सरोकारवालाई मन्त्री पाठकले आग्रह गरे ।

‘पछिल्लो समय भैरवस्थान मन्दिरको महत्व बढ्दै जाँदा देशैभरबाट समेत धार्मिक पर्यटक यहाँ आउने गरेका छन् ’ बुधबार भैरवस्थान मन्दिर परिसरमा निर्माण गरिएको सिद्विविनायक गणेश भगवानको मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठान कार्यक्रमलाई सम्बोधन गर्दे पाठकले भने, ‘मन्दिरको मौलिक वास्तुकला र संस्कृतिको संरक्षण गर्दै पूर्वाधार निर्माणमा गरी सौन्दर्यकरण गर्न सके भैरवस्थान मन्दिर क्षेत्र धार्मिक पर्यटनको हब बन्न सक्छ ।’

नेपाल धार्मिक सहिष्णुता र सद्भाव भएको मुलुक भएकै कारण विश्वभरका पर्यटक नेपाल आउने क्रम बढिरहेको चर्चा गर्दै पाठकले नेपाललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रवद्र्धनका ठोस कार्ययोजना सरकारले ल्याउनुपर्ने बताए । भैरवस्थान क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्दै गएकाले त्यसको संरक्षण र सौन्दर्यीकरण आवश्यक पाठकको भनाई थियो ।

आफूखुसी आधुनिक तवरको पुननिर्माण गर्दा मन्दिरको मौलिकता र संस्कृति विनाश गर्ने हुँदा पुरातात्विक नमासिने गरी जिर्णाेद्वार र पुर्ननिर्माण गर्नुपर्ने मन्त्री पाठकले सुझाए । पुरानो वास्तुकला र संस्कृतिले मौलिकतालाई पुर्नजीवन दिने हुँदा मन्दिरक्षेत्रमा भौतिक संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने पाठकले आवश्यकता औल्याए ।

भैरवस्थान मन्दिरको व्यवस्थानमा समितिले प्रभावकारी काम गरेको भन्दै पाठकले प्रशंसा गरे । राजनीतिमा प्रतिष्पर्धा भएपनि विकासमा सबैको सहभागिता हुनुपर्ने आवश्यकता औल्याउँदै मन्त्री पाठकले मन्दिरसम्म पुग्ने बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न बजेट समेत विनियोजन भएको जानकारी दिए । मन्दिरसम्म पुग्ने सडकलाई स्तरिय बनाउन सके भैरवस्थान मन्दिरमा धर्मालम्बीको घुइंचो लाग्ने पाठकको भनाई थियो ।

बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर काउले निवासी स्वर्गिय नगेन्द्र बहादुर र पार्वती खत्रीको स्मृतिमा छोरा/बुहारीहरू टेकबहादुर/गीता, स्वर्गिय कृष्ण केसी/गंगा, टुकबहादुर/लक्ष्मी, एकबहादुर केसी, छोरी/ज्वाई मिना/दामबहादुर क्षेत्री, लक्ष्मी/गणेश, सिता/ओमबहादुर केसी परिवारले झण्डै १० लाख रुपैयाँभन्दा बढीको लगानी गणेश मन्दिर निर्माण गरेका हुन् । केसीले परिवार भैरवस्थान मन्दिर क्षेत्रको विकासका लागि आगामी दिनमा पनि हातेमालो गर्न तयार रहेको एकबहादुर केसी संगमले बताए ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेलले मन्दिरको पुननिर्माण गर्दा मौलिक स्वरुपलाई विशेष ध्यान दिन सुझाव दिए । कार्यक्रममा पर्यटन व्यवसायी रवि चापागाईं, त्रिपुरेश्वर मन्दिरका स्वामी हंस चैतन्य, बागलुङ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कोपिलामणि शर्मा, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल लगायतले बोलेका थिए ।

पुर्व वडाध्यक्ष गुरुदत्त पाठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव मित्रनाथ शर्मा र सञ्चालन वडा नं. १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले गरेका थिए ।

काम कालभैरव मन्दिर वडा नं. १२ मा भएपनि बागलुङ नगरपालिका वडा नं. १०, ११, १२, १३ र १४ तथा जैमिनी नगरपालिका १ का स्थानीयबासीले कालभैरव मन्दिरलाई कोटको रुपमा पुज्दै आएका छन् । सदियौं वर्षअघिदेखि कालभैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरवको पुजा गर्ने चलन छ । बाइसे चौविसे राजाको पालादेखि बलेवा कोटका सबै क्षेत्रमा हरेलो पर्व मनाउने किंवदन्ती रहेको समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->