बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा र चीनको हुआङशान शहरबीच भगिनी सम्बन्ध

पोखरा र चीनको हुआङशान शहरबीच भगिनी सम्बन्ध

‘पर्यटन राजधानी पोखरा र हुआनशान सहर बीचको अरु आन्तरिक कार्यक्रम र कामका क्षेत्रहरु पछि निर्णय गरिनेछ’, आचार्यले भने, ‘यो सम्बन्धले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अभियानलाई सहयोग पु¥याउने छ ।’

  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८२, बिहिबार

पोखरा/पोखरा पोखरा महानगर र युनेस्कोको सम्पदा सूचीमा सूचीकृत चीनको हुआङशान सहरबीच बुधवार मित्रता (भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी प्रारम्भिक( सम्झौतामा हस्ताक्षर भएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार यस सम्झौताले पोखरालाई अन्तराष्ट्रिय स्तरमा अझ प्रख्यात बनाउन र नेपाल–चीनबीचको मित्रतालाई थप मजबुत बनाउन ठूलो योगदान पुग्नेछ । सम्झौता अनुसार पर्यटन, संस्कृति, शिक्षा तथा सहरी विकासजस्ता क्षेत्रमा सहकार्य गर्ने सहमति भएको उनले बताए । कार्यक्रम काठमाडौंमा भएको हो ।

‘पर्यटन राजधानी पोखरा र हुआनशान सहर बीचको अरु आन्तरिक कार्यक्रम र कामका क्षेत्रहरु पछि निर्णय गरिनेछ’, आचार्यले भने, ‘यो सम्बन्धले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अभियानलाई सहयोग पु¥याउने छ ।’

आचार्यले यस ऐतिहासिक क्षणलाई विशेष बनाएको भन्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, चीनको आन्हुई प्रान्तका भाइस गभर्नर सन योङ, नेपालस्थित चिनियाँ राजदुत चेन सङ, नेपाल सरकारका सचिव रामप्रसाद घिमिरे, पर्यटन बोर्डका सिइयो दीपकराज जोशीलगायत प्रति आचार्यले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->