पोखरा/लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् ।
सन् २०१२ सालमा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना भएको फेवा बेगनास चौतारी ’मदर क्लब’मा मर्ज भएपछि सिर्जना चौतारीको सदस्य संख्या ५४ पुगेको छ ।
सिर्जना चौतारीले बिहीबार एक कार्यक्रमको आयोजना गरेर समायोजन भइ आएका सदस्यहरूलाई स्वागत गरेको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका वर्ष २०२५÷२०२६ का अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता कार्यक्रम भएको थियो ।





