आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जन्मदिनको टिप्सबाट बिपद व्यवस्थापन र राहत सहयोग

जन्मदिनको टिप्सबाट बिपद व्यवस्थापन र राहत सहयोग

समाजमा अनगिन्ती संस्थाहरु भएकोले सुरुमा विश्वासनियतामा शंका रहेपनि यसको व्यवहारले आशंकाहरु हट्दै गएका छन् ।


  • टिका बहादुर कार्की
  • भाद्र १४ २०८२, शनिबार

बिषय प्रसंगले अचम्म लाग्न सक्छ, जन्मदिनको कति धेरै टिप्स होला जसले हजारौं जनसंख्या रहेको स्थानमा बाढी, पहिरो, चट्याङ, भूकम्प लगायत बिपद व्यवस्थापन र राहत सहयोग । तर, हामीकहाँ हुने महाबिपत्ती र सवारी दुर्घटना लगायत अकल्पनिय दुर्घटना एवं क्यान्लर लगायत घातक रोगबाटबाट पिडितलाई जन्मदिनका अवसरमा स्वेच्छिक रुपमा दिईने रु. १०० वा सो भन्दा बढी टिप्सबाट गाँउबासी मात्र नभएर टाढासम्म पनि बिगत ३ बर्षदेखि बिपद व्यवस्थापन, सचेतना तथा राहतको कार्यक्रम निरन्तर चलिरहेको छ ।
यो कुनै धनाढ्यले दिएको रकम नभएर संस्थाका तत्कालिन पदाधिकारी तथा शुभचिन्तकहरुबाट क्रमशः होस्टेमा हैंसे थपिंदै जाँदा यस्ता कार्यमा निरन्तर रुपमा खर्च हुँदै जाँदा पनि जन्मदिनको अवसरमा रकम जम्मा गरेर संस्थाका पदाधीकारीलाई सरपराईज दिंदै आफ्नो जन्मदिन भएको जानकारी दिने क्रम बढिरहेको छ ।

त्यस्तो संस्था हो, बागलुङ नगरपालीका तथा काँठेखोला गाँउपालिका वडा नं. २ भिमापोखरा मात्र कार्यक्षेत्र भएको ‘भीमापोखरा कल्याण समाज बागलुङ ‘ । यो संस्था वि.सं.२०७८/८/६ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भै नेपाल सरकारको समाज कल्याण परिषदमा समेत आवध्द भैसकेको छ । यस संस्थामा स्वदेश तथा बिदेशमा रहनुभएका सवै भीमापोखरेलीहरुलाई राजनितिक आग्रहपुर्वाग्रहबाट स्वतन्त्र राख्दै सबैलाई समेटेर अगाडी बढ्ने र आवश्यक पर्दा सेवा पुर्याउने बिश्वासिलो संस्थाका रुपमा रहेको देख्न सक्ने आधार संस्थामा तयार भएको छ ।

संस्थाका अध्यक्ष डिल्ली राज उपाध्यायका अनुसार कोषमा अझै बढि रकम संकलन गर्न सहयोग पुगोस भन्दै समाजको चौंथो साधारण सभाबाट संस्थाका सदस्यहरुको बैवाहिक बर्षगॉठका अवसरमा पनि स्वेच्छिक सहयोग अभियान सुरु गरिएको छ । जन्मदिनको अवसरमा योगदान गर्नेहरुको संख्या आव ०८०/८१ मा ८४ थियो भने ०८१/८२ मा बढेर १३५ पुग्यो । बैवाहिक बर्षगॉठमा २४ जनाले योगदान गरेका छन् ।चालु आव ०८२/८३ मा योगदानको निर्णय गर्ने मध्य १५ जनाबाट कोषमा रकम जम्मा भैसकेको छ । कल्याणकारी राहत कोषलाई व्यवस्थित गर्नका लागी समाजले सिटिजन्स बैक बागलुङमा छुट्टै खाता संचालनमा ल्याएको छ । हालसम्म उक्त खातामा रु. २,२४,५१० जम्मा भैसकेको छ ।

समाजमा अनगिन्ती संस्थाहरु भएकोले सुरुमा विश्वासनियतामा शंका रहेपनि यसको व्यवहारले आशंकाहरु हट्दै गएका छन् । संस्थामा आवध्द नहुने अधिकॉस गॉउबासी, संस्थाबाट कल्याणकारी कार्य सम्पन्न हुदैजाँदा आवध्दता र योगदान सहित शुभचिनतकको सख्या बढिरहेको छ ।
हालसम्म कुनै आईएन्जीओसंग सहकार्य नभएको र वडा तथा पालीका लगायत सरकारी श्रोतबाट बजेट तथा कार्यक्रम नपाएको यस संस्थाले संबन्धित निकायबाट बजेट तथा योजना कार्यक्रमको थप अनुमति पाउन सकेको अवस्थामा बिपद व्यवस्थापन, राहत सहयोगका साथै जीवनस्तर उकास्न कल्याणकारी कार्य संचालनबाट गरीब तथा विपन्नसहित हरेक नागरिकले यस संस्था थप राहतको महसुस गर्न सक्छन्

जन्मदिनमा भोजभतेर मोजमस्तीमा खर्च हुने रकम मध्य न्युनतम रु. १०० मात्र टिप्स स्वरुप यसरी नै साझा संस्थामा जम्मा गरेर सोही संस्थामार्फत समाजको कल्याणकारी सेवामा उपयोग गर्ने गराउने महान योगदानकर्तालाई हार्दिक सम्मान सहित भबिष्यमा निरन्तरता दिनु हुनेछ भन्ने अपेक्षा गरौं ।
(लेखक कार्की भीमापोखरा कल्याण समाज बागलुङका संस्थापक अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->