बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दुर्घटना न्यूनिकरणमा सकस, सरोकारवाला गुहार्दै ट्राफिक प्रहरी

दुर्घटना न्यूनिकरणमा सकस, सरोकारवाला गुहार्दै ट्राफिक प्रहरी

तिव्र गतिले बढि दुर्घटना हुने ट्राफिक प्रहरीलाई दुर्घटना न्युनिकरण गर्न समेत सकस भएपछि सरोकारवाला गुहार्न पुगेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८२, आइतबार

पोखरा/आर्थिक वर्ष २०८०/०८१ मा सडक दुर्घटनामा दुई हजार एक सय ९३ जनाले ज्यान गुमाए । जसमध्ये गण्डकीमा मात्रै एक सय ७७ जनाले ज्यान गुमाए । सडक दुर्घटनामा हरेक वर्ष ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार सडक दुर्घटनामा सबैभन्दा बढि तिब्र गतिका कारण दुर्घटना हुँदै आएको छ । नेपालमा एक वर्षमा १० हजार भन्दा बढि दुर्घटना तिब्र गतिका कारण हुने गरेका छन् । ति बाहेक गलत दिशाबाट ओभरटेक, मादकपदार्थ सेवन, सवारी चालक अनुमतिपत्र नभएको वा अन्य कारण हुने गरेको छ भने सवारीको यान्त्रिक गडबडीका कारण दुर्घटना हुने संख्या निकै कम रहेको छ । तिव्र गतिले बढि दुर्घटना हुने ट्राफिक प्रहरीलाई दुर्घटना न्युनिकरण गर्न समेत सकस भएपछि सरोकारवाला गुहार्न पुगेको छ ।

नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्दै सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा कास्कीका प्रहरी उपरीक्षक दान बहादुर थापाले दुर्घटना न्युनिकरणका लागी विगतका घटनाहरुको विश्लेषण गरि आगामी दिनमा हुनसक्ने घटनाको प्रक्षेपण गर्दै सोही अनुसारको रणनीति बनाई रोकथाम गर्ने गरेको सुनाए ।

आफुहरुले हरेक प्रयास गरि रहेपछि सडक दुर्घटना न्यूनिकरणमा निकै समस्या आइरहेको थापाको भनाइ छ । थापाको अनुसार विगत तीन वर्षको तथ्यांकलाई हेर्दा राजमार्गमा दुर्घटना बढी हुने गरेको छ । दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको थापा बताउछन् । तथ्यांक अनुसार ५० प्रतिशत दुर्घटना तीव्र गतिकै कारण भएको देखिन्छ । सार्वजनिक सवारी दुर्घटनाबाट बढि मानिसले ज्यान गुमाउने भएकाले सवारी चालकहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको प्रहरी उपरिक्षक थापाले बताए ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका निरीक्षक शोभा पाण्डेले दुर्घटना न्युनिकरणका लागि सबै सरोकारवालाको उत्तिकै जिम्मेवारी रहेको सुनाउँदै जिल्लाको सडक अवस्था र दुर्घटना न्युनिकरणका लागि ट्राफिकले खेलेको भुमिकाको बारे स्पष्ट पारिन् ।

कास्कीका कुनै पनि क्षेत्रमा दुर्घटना भइ उद्धारका लागि ‘क्विक रेस्पोन्स’ टिम परिचालन भइरहेको सो अन्तरक्रियामा जानकारी दिइन् । पाण्डेले दुर्घटना न्युनिकरणका लागि आफुहरुले सचेतनामुलक प्रचारप्रसार गरिरहेको बताउँदै पोखराको ६ ठाउँमा ट्राफिक लाइट जडान गरिएकोमा २ ठाउँमा सञ्चालनमा आएको सुनाइन् । ट्राफिक लाइट सञ्चालन भएको ठाउँमा सडक दुर्घटना केही न्युन भएको उनको भनाइ छ ।

दुर्घटना न्युनिकरणका लागी पोखरा महानगरपालिकाले पनि चासो राख्नु पर्ने अन्तरक्रियामा सहभागीहरुको जोड थियो । महानगरपालिकाले दुर्घटना न्युनिकरणका लागी कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने, उपयुक्त पार्किङ र बसपार्क व्यवस्थापन र बसपार्कमै टिकट काउन्टरको व्यवस्था गर्नुपर्ने, सीसीटिभी क्यामेरा पर्याप्त मात्रामा जडान गर्नुपर्ने पृथ्वी बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर के.सीले बताए ।

यस्तै यातायात व्यवसायीले सवारी चालकहरुलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा प्रशिक्षण प्रदान गर्नुपर्ने, सवारी साधनको यान्त्रिक परीक्षण,मर्मत सम्भार गर्नुपर्ने, लामो दुरीको यात्रामा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था गर्नुपर्ने ट्राफिक प्रहरीको सुझाव थियो । यसो गर्दा सवारी दुर्घटनालाई न्युनिकरण गर्न सकिने प्रहरीको भनाइ छ ।

दुर्घटना न्युनिकरणका लागी हाइवे व्यवस्थापनलाई प्राथमिकतामा राखेको सडक डिभिजन पोखराका इन्जिनियर पुजन श्रेष्ठले बताए ।बजार क्षेत्र भित्र हुने सवारी दुर्घटनालाई कम गर्नका लागि महानगरले ध्यान दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->