बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेपाल भारत मैत्री संघमा जयराम

नेपाल भारत मैत्री संघमा जयराम


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८२, सोमबार

पोखरा/नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा.अर्जुन आचार्य, उदयकान्त तिवारी, खेमबहादुर गुुरुङ, वसन्तराज आचार्य, सुमन गुप्ता, मीरा आचार्य, कृष्णप्रसाद पौडेल र गिरीराज गौतम रहनुुभएको छ । निवर्तमान अध्यक्ष सह प्रा.डा.वीरबहादुर कार्की रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका समाजिक विकासमन्त्री विन्दुुकुमार थापाले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन संघको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल भारत मैत्री संघ केन्द्रीय समितिका सहअध्यक्ष बोधकृष्ण सुवेदीले दुुई देशबीचका नागरिक–नागरिक बीचको सम्बनधलाई बलियो बनाउने कुरामा संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

संविधानसभा सदस्य शारदा पौडेलले दुुई देशबीचका नागरिकलाई सद्भाव र सत्प्रेमले सबैलाई जोड्नुुपर्ने आवश्यकता औंल्याइन् ।

नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरिराम पौडेलले मित्रलाई चिढाउनेभन्दा पनि कुटनीतिक सम्बन्धलाई बलियो बनाउँदै देखिएका समस्याको समाधान गर्नुुपर्ने आवश्यकता रहेको बताए ।

नेपाल भारत मैत्री संघ कास्कीका अध्यक्ष सह प्रा.डा.बीरबहादुर कार्कीको सभापतित्व एवम् सचिव गिरिराज गौतमको सञ्चालन रहेको कार्यक्रममा निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका पूर्वअध्यक्ष ऋषि सापकोटा, केन्द्रीय सदस्य सागर खरेल, निवर्तमान अध्यक्ष जगनबहादुर गुुरुङलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->