आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

माओवादी केन्द्रको मल्ममा भेटघाट कार्यक्रम

माओवादी केन्द्रको मल्ममा भेटघाट कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८२, मंगलबार

बागलुङ/नेकपा (माओवादी केन्द्र) वडा कमिटीको आयोजनामा गलकोट नगरपालिका वडा नं ७ मल्ममा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य हर्क थापाले वर्तमान समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी दिनमा जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउनु पर्ने कुरामा जोड दिए ।

उनले संगठन निर्माणमा सबै नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने बताए । थापाले माओवादीले थालेको जनयुद्व र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउन प्रतिगामी सलबलाएको भन्दै भ्रामक कुराको नागरिकलाई चिरफार गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य थम्मन थापा सन्देशले मन्तव्य राखेका थिए । सो अवसरमा नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रिय सदस्यमा चयन हुनुभएका हर्क थापालाई स्वागत सहित सम्मान गरिएको थियो ।

नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उपेन्द्र दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका वडा स्तरीय कमिटीका प्रतिनिधि तथा सक्रिय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->