बागलुङ/पतन्जली योग शिविर बागलुङले उच्च अदालत बार एसोसिएसन बागलुङको निर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष हिराबहादुर केसी सहितका पदाधिकारीले बारको समितिलाई सम्मान गरेको हो । उक्त अवसरमा अध्यक्ष केसीले नागरिकहरुलाई न्याय दिलाउनका लागि निष्पक्ष सेवा प्रवाह गर्न आग्रह गरे । उनले योग साधनामार्फत मानसिक समस्या समाधान गर्न सकिने भन्दै कानूनी समस्या समाधानपछि पनि नागरिकहरुमा आइपर्ने मानसिक समस्या समाधानका लागि योगमा लाग्ने प्रेरणा दिनुपर्ने बताए ।
कार्यक्रममा उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीषले न्याय र समानताका लागि सक्दो प्रयास गर्ने बताइन् । समाजमा महिला, दलीत, सिमान्तकृतहरुको सेवामा बारले निशुल्क काम गर्ने बताइन् । कानून व्यवसायी भनेको पैसाको लागि मात्र काम गर्ने हुन् भन्ने आरोप चिरेर समाज सेवामा लाग्ने अवस्था देखाउने उनले बताइन् ।
कार्यक्रम समितिकी सचिव शकुन्तला शर्माको संचालनमा सम्पन्न भएको थियो । गत साता बारको ३३ औं अधिवेसनबाट गीता श्रीषको नेतृत्वमा नयाँ समिति चयन भएको थियो ।





