पोखरा/गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ ।
कार्यक्रमको गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव नारायणप्रसाद पौडेलले स्वागत र प्रशिक्षण तथा अनुसन्धान अधिकृत मनोज पौडेलले संचालन गरेका ।
प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम तालिमको उद्देश्य सार्वजनिक निकायहरूको सेवा प्रवाहको गुणस्तरमा सुधार ल्याउनु र प्रशिक्षार्थीहरूको कार्यसम्पादन क्षमतामा अभिवृद्धि गर्नु रहेको छ । ३० दिनसम्म सञ्चालन हुने यस तालिममा विभिन्न विषयवस्तुमा १२० सत्रहरू सञ्चालन हुनेछन् ।





