बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गठबन्धन सरकार विचौलियाले बनेको हो : प्रचण्ड

गठबन्धन सरकार विचौलियाले बनेको हो : प्रचण्ड

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा भएको बताउँदै प्रचण्डले आफू मध्यम वर्गको प्रतिनिधि भएको बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

पोखरा/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया बनाएको आरोप लगाएका छन् । गठबन्धनको सरकार बिचौलियाले बनाएको कारण डरै डरमा बाचिरहेको समेत सुनाए । नेपाल उद्योग व्यापार महासंघद्धारा पोखरामा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले बिचौलियाको धाक र धम्कीका कारण कांग्रेस–एमाले गठबन्धन सरकार बनेको बताएका हुन् । सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका प्रचण्डले दलाल र पुँजीवादी प्रवृत्तिको प्रतिनिधित्व सरकारले गरिरहेको सुनाए ।

‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ उनले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन’ उनले भने, ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौं ।’

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा भएको बताउँदै प्रचण्डले आफू मध्यम वर्गको प्रतिनिधि भएको बताए । ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’ उनले भने ।

सहकारीको बचत अपचलन भएको सन्दर्भ कोट्याउँदै अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए । उनले भने, ‘शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो । त्यसैले त्यो काम अघि बढ्न सकेन ।’

संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको जिकिर गरे । माओवादीले उठाएको सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेको सुनाए । उनले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै उही नियम, उही परम्परा चलिरहेको र परिवर्तनको लडाइँ अझै बाँकी रहेको बताए ।

पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिस्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताए । माओवादी प्रति नपत्याउने गरी जनमत बढ्नाका साथै नसोचेका ठाउँमा पनि जिति हासिल गर्दै जनताले बुझेको र माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति रहेको धारणा राखे । यस्तै प्रचण्डको मध्यपहाडी लोकमार्ग अभियान समेत सुरु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->