बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हिलसाइड स्काउट ट्रुपलाई पेट्रोल लिडर प्रशिक्षण

हिलसाइड स्काउट ट्रुपलाई पेट्रोल लिडर प्रशिक्षण


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

पोखरा/  मालेपाटनस्थित हिलसाइड स्काउट ट्रुपले मिलन स्काउट क्रुको व्यवस्थापनमा प्रदेश स्काउट कार्यालयमा दुई दिवसीय पेट्रोल लिडर प्रशिक्षण शिविर तथा क्याम्प भव्य रूपमा आइतबार सम्पन्न गरेको छ। शिक्षक मीनप्रसाद सुवेदी र शिक्षिका सोनिका कँडेलको सक्रिय समन्वयमा भाद्र २१ र २२ गते सम्पन्न क्याम्पमा ७० जनाको सहभागिता रहेको थियो।

क्याम्पमा प्रशिक्षक अमृत पुन, प्रतीक्षा मल्ल ठकुरी, सोनिका कँडेल, प्रतीक्षा खनाल लगायतका स्काउट प्रशिक्षकहरूले विविध सत्र सञ्चालन गरे। सहभागीहरूले स्काउटको इतिहास, ध्येय, नियम र प्रतिज्ञाबारे जानकारी प्राप्त गर्नुका साथै समूहगत नेतृत्व, समय व्यवस्थापन, आपतकालीन अवस्थामा उपयोग हुने सीप, प्राथमिक उपचार, वातावरण संरक्षण, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व जस्ता जीवनोपयोगी विषयहरू सिक्ने अवसर पाए।

स्काउट अभियानले ‘कर्तव्य, अनुशासन र सेवा’लाई मुख्य सन्देशका रूपमा लिएको छ। यस क्याम्पमार्फत विद्यार्थीहरूमा ‘सदा तयार रहनु’ भन्ने मूल मन्त्र आत्मसात् गर्ने वातावरण बनेको थियो। सहभागीहरूले व्यावहारिक गतिविधिमार्फत एकअर्कासँग सहयोग गर्ने, कठिनाइमा धैर्य गर्ने र समाजमा सकारात्मक योगदान दिने भावनालाई बलियो बनाएको जनाएका छन्।

दुई दिनसम्म चलेको कार्यक्रममा सहभागीहरूले विभिन्न सामूहिक अभ्यास, गीत(सङ्गीत, समूह खेल र छलफलजस्ता गतिविधिमा संलग्न भए। कार्यक्रमपछि सहभागीहरूले यस्ता क्याम्पहरूले विद्यार्थीलाई पुस्तकबाहिरको शिक्षासँगै व्यवहारिक जीवन सिप सिकाउने भएकाले निरन्तर आयोजना गर्नुपर्ने कुरा बताए। कार्यक्रमका वक्ताहरूले स्काउट शिविर तथा क्याम्पले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा ठूलो टेवा पुर्‍याउँछ भन्दै यसलाई अझ व्यवस्थित र नियमित बनाउनुपर्नेमा जोड दिए। यसै अवसरमा ११ जना विद्यार्थीहरूलाई दीक्षान्त गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र र विभिन्न गतिविधिमा उत्कृष्ट भएकाहरूलाई मेडल पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->