बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी प्रदेश सभा सचिवमा गोविन्द पौडेल नियुक्त

गण्डकी प्रदेश सभा सचिवमा गोविन्द पौडेल नियुक्त


  • ढाेरपाटन संवाददाता
  • भाद्र २३ २०८२, सोमबार

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयको सचिवमा अधिवक्ता गोविन्द पौडेल सोमबार नियुक्त भएका भएका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १९५ को प्रावधान अनुसार भट्टले उनलाई नियुक्त गरेका हुन् । तलब तथा सुविधा भने प्रदेश कानुन अनुसार तय हुने संविधानमै उल्लेख छ । त्यसै अनुसार २०७७ मा प्रदेश सभा ऐन पारित भएपछि सचिव नियुक्ति गरिएको थियो । त्यसअघि कर्मचारीले नै सचिवको काम गर्दै आएका थिए ।

पोखराको भलाम घर भएका अधिवक्ता पौडेलको नाम अघिल्लो कार्यकालमा पनि प्रदेश सभा सचिवका लागि चर्चामा थियो । उनी माओवादी निकट क्रान्तिकारी कानुन व्यवसायी संगठनसँग आबद्ध थिए ।  यसअघिका सचिव हरिराज पोखरेलको ५ वर्षे कार्यकाल पूरा भएपछि यही भदौ १८ गतेदेखि उक्त पद रिक्त थियो । २०७७ भदौ १९ मा पोखरेल नियुक्त भएका थिए । प्रदेश सभा सचिवको पदावधि ५ वर्ष र तलब र सुविधा प्रदेशको प्रमुख सचिव सरह हुन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->