बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराका २ क्षेत्रमा कर्फ्यु

पोखराका २ क्षेत्रमा कर्फ्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका २ क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आदेश जारी गरेकी हुन् ।

शहिद चोक आसपासका क्षेत्रहरु पूर्वतर्फ वाईचोक, उत्तर पूर्वतर्फ मिलन चोक, पश्चिमतर्फ फिस्टेल गेट (बैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की, दक्षिणतर्फ राष्ट्रबैंकचोक र ड्यामसाइडस्थित पर्यटन बोर्डको कार्यालको चार किल्लाभित्र कर्फ्यु आदेश जारी गरिएको हो । यसैगरी गण्डकी प्रदेश सभा आसपासको क्षेत्र अन्तर्गत उत्तरमा भीमकालीपाटन (बगर), दक्षिणमा अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाईवे र पश्चिमा बागबजार (ट्याक्सी चोक) मा निषेधाज्ञा जारी गरिएको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिष्थितिलाई दृृष्ट्रिगत गरी स्थानीय प्रशासन ऐन २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा ३ क बमोजिम निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->