पोखरा/ जेनजी आन्दोलनका कारण परिस्थिति असामान्य बन्दै गएको भन्दै पोखरा महानगरपालिकाले महानगरभित्रका सबै विद्यालय बन्द गर्न सूचना जारी गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तीराम अर्यालले सूचना जारी गर्दै यस्तो बताएको हो ।
यसअघि जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।





