बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

काठमाडौं/ सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौं उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा व्यवसायीले गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो जनाएका हुन् ।

सोमबार जेन–जी समूहविरुद्ध भएको सरकारी दमन र १९ युवाको मृत्युपछि महासंघले दुस्ख व्यक्त गरेको छ । घाइतेको उपचारमा महासंघका सबै सदस्यलाई सक्दो सहयोग गर्न समेत महासंघले आह्वान गरेको छ । नेपाल सरकारले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेका कारण हसहज परिस्थिति बनेको भन्दै महासंघले यातायात नचलाउने घोषणा गरेको हो ।

‘नेपाल सरकारबाट उचित शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्म उपत्यका लगायत देशभर यात्रुबाहक र मालबाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिन्छ,’ उनले भनेका छन् । आन्दोलनकारी र नेपाल सरकारलाई वार्ताका माध्यमबाट समस्याको समाधान गर्न आह्वान गरिएको छ । नजिकिएको चाडपर्वमा सार्वजनिक यातायात व्यवस्थित गरी सञ्चालनको वातावरण बनाउन समेत महासंघले आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->