पोखरा/ पोखराको पोखरा बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आगजनी भएको छ । प्रदर्शनमा उत्रिएका जेन जीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् । उक्त इभेन्ट सेन्टर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भन्दै उनीहरुले आगजनी गरेका हुन । यसअघि प्रदर्शनकारीले मेयर आचार्यको न्यूरोडस्थित घरमा पनि तोडफोड गरेका थिए ।





