पोखरा/ पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालयको भवनमा तोडफोड र आगजनी गरेका छन् । जेन जीका प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका हुन् । प्रदर्शनकारीले पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत मुख्यमन्त्रीको निवास, एमाले गण्डकी र कास्की जिल्ला कार्यालय, मन्त्री बिन्दुकुमार थापाको घर, केही सरकारी भवनमा तोडफोड र आगजनि गरेका छन् ।






