बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आन्दोलनको फाइदा अपराधीलाई, कारागार तोडेर फरार

आन्दोलनको फाइदा अपराधीलाई, कारागार तोडेर फरार

बेलुका जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८२, बुधबार

पोखरा/कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् । जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।

बेलुका जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेर भगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

‘आन्दोलनकर्मीहरु भित्र छिरेर तोडभोड गरे र भित्रबाट कैदीबन्दी पनि उत्रिएपछि कारागार तोडेर भागेका हुन्,’ जिल्ला प्रहरी कार्यालयले बतायो । कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->