बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दी कारागारबाट ७६ कैदीबन्दी भागे, बेनीमा कर्फ्यु !

म्याग्दी कारागारबाट ७६ कैदीबन्दी भागे, बेनीमा कर्फ्यु !


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८२, बुधबार

तस्बिर : सन्तोष गौतम

बेनी/म्याग्दी जिल्ला कारागारबाट ७६ जना कैदीबन्दी भागेका छन् । आज विहान ७ बजेतिर होहल्ला गर्दै मोटरसाइकल र स्कुटर चढेर कारागार पुगेको समुहले कैदीबन्दीलाई सवारी साधान राखेर भगाएको हो ।
कैदीबन्दीहरु भागेपछि जिल्ला प्रशासन कारर्यालयले कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।
जिल्ला कारागार शाखा म्याग्दीका प्रमुख जेलर प्रतिज्ञा सुवेदीका अनुसार ६ जना महिलासहित १२ जना बन्दी मात्रै कारागारमा रहेका छन् ।
बिहान ६ बजेसम्म अवस्था सामान्य रहे पनि त्यसपछि एक्कासी हुलहुज्जतसहितको समुह आएर उनीहरुलाई भगाएको सुवेदीले बताए । उनका अनुसार हिड्न सक्ने जती सबै भागेका छन् । जो अशक्त थिए उनीहरु कारागारमै छन् । प्रहरीले भागेका ७६ मध्ये चार जनालाई नियन्त्रणमा लिएको जेलर सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->