
पोखरा / जिल्ला कारागार कास्की र म्याग्दीबाट भागेका ४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ। कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरूलाई मालढुंगा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरी निरिक्षक केशव थापाले दिएको जानकारी अनुसार कास्की कारागारबाट भागेका ३ जना र म्याग्दी कारागारबाट भागेका एक जनालाई मालढुंगा चेकपोष्टबाट नियन्त्रणमा लिएको हो।





