बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संविधानविपरीत गतिविधि स्वीकार्य छैन- एमाले कास्की

संविधानविपरीत गतिविधि स्वीकार्य छैन- एमाले कास्की


  • ढाेरपाटन संवाददाता
  • भाद्र २७ २०८२, शुक्रबार

पोखरा/ नेकपा एमाले कास्कीले संविधानको भावनाविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ । राज्यको सर्वोच्च निकाय राष्ट्रपतिमार्फत जनताको सार्वभौम निकाय व्यवस्थापिका संसदबाटै समस्या समाधान गर्नुपर्नेमा उनसले जोड दिएको छ ।

जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै स्वाधीन, सार्वभौमसंपन्न लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै यस व्यवस्थालाई अझ उन्नत बनाउन सम्पूर्ण लोकतन्त्र पक्षधर दल र नागरिक समाजलाई लामबद्ध हुन आह्वान गरेका छन् । विज्ञप्तिमा जेन–जी आन्दोलनका क्रममा पोखरास्थित संघ, प्रदेश र जिल्लाका सरकारी कार्यालय, एमाले गण्डकी प्रदेश कार्यालय, जिल्ला तथा वडा कार्यालय, राजनीतिक नेताहरूको निजी आवास, उद्योगी व्यवसायीका प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनीको भर्त्सना गरिएको छ ।

त्यस्ता घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न र क्षतिग्रस्त निजी सम्पत्तिको न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन राज्यसमक्ष जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->