मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

हट्यो काठमाडौं उपत्यकाको निषेधाज्ञा र कर्फ्यु

हट्यो काठमाडौं उपत्यकाको निषेधाज्ञा र कर्फ्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८२, शनिबार

काठमाडौं / विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो।
तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका छैनन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले कर्फ्यू, निषेधाज्ञा अहिले केही पनि नरहेको बताए ।

निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु पनि आज बिहानदेखि हटेको छ।

जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए। जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->