बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

परिवार नियोजन संघ कास्कीमा भिडियो एक्सरे सेवा

परिवार नियोजन संघ कास्कीमा भिडियो एक्सरे सेवा


  • ढाेरपाटन संवाददाता
  • असोज ९ २०८२, बिहिबार

पोखरा/  नेपाल परिवार नियोजन संघ कास्कीले विहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ । पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा संघका सभापति नवीन सिग्देलले सेवा शुभारम्भ गरेका हुन् ।

सिग्देलले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै सेवा संचालनमा ल्याइएको बताए । ‘गुणस्तरीय सेवा हाम्रा प्राथमिकता हुन्,’ उनले भने, ‘यो सेवा नहुँदा अन्यत्र रिफर गर्नुपर्ने अवस्था अब अन्त्य भएको छ ।’ गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा संचालनमा ल्याइएको वरिष्ठ शाखा प्रवन्धक नबराज तिवारीले जानकारी दिए । गण्डकी मेडिकल कलेजका रेडियोलोजी विभागका प्रमुख सह.प्रा.डा.केशव शर्माले उक्त सेवा प्रदान गर्नेछन् ।

शाखाले हाल परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठ्ेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्य संग सम्वन्धित सम्पुर्ण सेवाहरु लगायत प्रयोगशाला सम्वन्धि सेवाहरु पनि उपलव्ध छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->