शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाललाई वेस्टइन्डिजविरुद्ध ऐतिहासिक शृंखला जीत

नेपाललाई वेस्टइन्डिजविरुद्ध ऐतिहासिक शृंखला जीत


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८२, मंगलबार

काठमाडौं/ नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ रन बनाएको थियो । तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेका आदिल आलमले ४ विकेट लिएपछि जवाफमा आएको वेस्टइन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो ।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै शृंखला नै जित्न सफल भएको हो ।  नेपालले शनिबार भएको पहिलो खेलमा दुईपटकको ट्वान्टी-२० विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको थियो, जुन पूर्ण टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो विजय थियो ।

नेपालबाट कुशल भूर्तेल र गुलशन झाले २-२ विकेट लिएपछि नेपालले एक सयम विश्व क्रिकेटमा एकछत्र राज गरेको वेस्टइन्डिजमाथि अविश्वस्नीय जित निकाल्न सफल भएको हो । आदिलले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । भूर्तेलले २.१ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित राजवंशीले १-१ विकेट लिए ।

Historic series for Nepal against West Indiesवेस्टइन्डिजबाट जेसन होल्डरले २ छक्कासहित १५ बलमा २१ रन बनाए । एकिम अगस्टीले २१ बल खेली समान १ चौका र छक्कासहित १७ र अमिर जङ्गोले १४ बलमा समान १ चौका र छक्कासहित १६ रन बनाए । अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

यसअघि आसिफ र सन्दीपले चौथो विकेटमा ६६ बलमा १ सय रनको साझेदारी गरेपछि नेपालले वेस्टइन्डिजविरुद्ध राम्रो स्कोर बनाउन सफल भयो । ओपनर भूर्तेल २ र कप्तान रोहित पौडेल ३ रनमै आउट भए । कुशल मल्ल ९ बलमा ७ रन बनाई नन स्ट्राइक इन्डमा रनआउट भएपछि आसिफ र सन्दीपको जोडी जमेको थियो ।

आसिफले आठौं र सन्दीपले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आफ्नो चौथो अर्धशतक बनाएका हुन् । सन्दीपले ३९ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । आसिफ ४७ बल खेली ८ चौका र २ छक्का प्रहार गरी ६८ रनमा अविजित रहे ।Historic series for Nepal against West Indies
तस्बिरहरू : क्यान

गुलशन १ छक्का प्रहार गरी ६ रनमा आउट भए । आलम समान १ चौका र छक्का प्रहार गरी ११ रनमा आउट भए । नेपालले अन्तिम ५ ओभरमा ६५ रन जोडेको थियो । वेस्टइन्डिजका कप्तान अकेल हुसैनले ४ ओभरमा २१ र कायल मायर्सले २ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए । जेडिह ब्लेड्सका नाममा १ विकेट रह्यो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->