बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दी कारागार तोडफोड गरी कैदीबन्दी भगाउने ७ जना धरौटीमा रिहा

म्याग्दी कारागार तोडफोड गरी कैदीबन्दी भगाउने ७ जना धरौटीमा रिहा


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८२, बुधबार

म्याग्दी / जेनजी आन्दोलनमा जिल्ला कारागार म्याग्दी तोडफोड गरी कैदीबन्दी भगाउने १८ जना मध्ये ७ जनालाई जिल्ला अदालत म्याग्दीले जनही रु.एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत म्याग्दीका न्यायाधिश सूर्यबहादुर थापाको इजालसले बुधवार जनही एक एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार बेनी नगरपालिका २ का २६ वर्षीय डिलबहादुर सापकोटा, ३१ वर्षीय सुसन थापा मगर, २७ वर्षीय सुनिल थापा मगर, १९ वर्षीय अभिषेक परियार, २६ वर्षीय कृष्णबहादुर थापा, २९ वर्षीय अर्जुन जिसी, बेनी नगरपालिका–८ का सागर परियार धरौटी राखेर रिहा भएका छन् । अभियोग दायर भएका ११ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गत भदौ २५ गते विहान कारागार तोडफोडमा संलग्न १८ मध्ये ७ जनालाई गिरफ्तार गरेको थियो । गिरफ्तारपछि प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले कारागार ऐन अनुसारको कसुरमा मंगलबार जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->