बागलुङ/ राष्ट्रिय जनमोर्चा (राजमो) बागलुङले सञ्चालन गरेको राष्ट्रियता र संबिधानको रक्षा, संघीयता खारेजीका लागि जनजागरण अभियान २०८२ कार्यक्रम शुक्रबार एकैदिन तीन स्थानमा सम्पन्न भएको छ ।
जैमिनी नगरपालिका– १० राङखानी, गलकोट नगरपालिका–५ हरिचौर र ढोरपाटन नगरपालिका–३ घोसामा कार्यक्रमको आयोजना गरिएको थियो । जनजागरण अभियान अन्तरगत राङखानीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका सचिवालय सदस्य डिलबहादुर श्रीस रहेका थिए । जिल्ला सदस्य ठाकुर शर्मा, दानबहादुर थापाले मन्तव्य राखेको कार्यक्रममा अखिल नेपाल युवक संघका श्री प्रशाद थापा, अखिल नेपाल जनजाति सम्मेलनका लालबहादुर पुन, ओमकार श्रीस, अखिल नेपाल महिला संघका सुमित्रा बिक लगायतका अतिथिहरुको आतित्थ्यता रहेको थियो । कार्यक्रम टिका आचार्यको अध्यक्षता, जयराम आचार्यको सञ्चालन र झलक पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे।
हरिचौरको प्रशिक्षण भेला कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा रहेका थिए । कार्यक्रममा राजमो बागलुङका सल्लाहकार भिमसेन वन, सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टंक केसी, अखिल नेपाल शिक्षक संघ बागलुङ जिल्ला अध्यक्ष मित्र ढकाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
जिल्ला सदस्य पदम श्रेष्ठ, बिस्णु बस्नेत, खडक बिक, नैनसिंह थापा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पुस्कर सापकोटा, सुनमाया ढकाल, टिकाराम कडेल, स्थानीय नेता यसोधा थापा, जितबहादुर बस्नेत लगायतको आतिथ्यता रहेको कार्यक्रम वडा समितिका अध्यक्ष अमरबहादुर खत्रीको अध्यक्षता, नारायण सापकोटाको सञ्चालन र देवि खत्रीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।
घोसाको कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, जिल्ला कोषाध्यक्ष दिपक थापा, दलित अगुवा दलबहादुर बिक, समाजसेवी दिलबहादुर छन्त्यालले विषयबस्तुमाथि मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला तथा पालिका स्तरीय नेताहरुको अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रम वडा समितिका उपाध्यक्ष मित्रलाल पौडेलको अध्यक्षता, सचिव नारायण घर्तीको सञ्चालनमा सम्पन्न भएको थियोे ।
धम्जामा श्रद्धाञ्जली कार्यक्रम
यसैबीच असोज १३ गते साझ भारतको रेवाडी हरियाणामा बसको ठक्करबाट मृत्यु भएका काठेखोला–३ धम्जा निवासी छविलाल सार्कीप्रति मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
बिहीबार मृतकको घरमा पुगेर श्रद्धाञ्जली पत्र हस्तान्तरण साथै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो । मृतकको दाहसंस्कार भइसकेको र एकता समाजको पहलमा स्वर्गीय सार्कीको परिवारका लागि क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइएको उक्त अवसरमा जनाइएको थियो । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सदस्य टिकासंगम बिक, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य कुलदिप क्षेत्री, राजमो धम्जा अध्यक्ष निरज बिक लगायतले श्रद्धाञ्जली दिएका थिए ।





