बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मोटरसाइकल मोडीफाई गरी चलाउने ४ जना पक्राउ

मोटरसाइकल मोडीफाई गरी चलाउने ४ जना पक्राउ


  • ढाेरपाटन संवाददाता
  • असोज २७ २०८२, सोमबार

पोखरा/ मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाजका साथ ध्वनी प्रदुषण गर्ने र समाजमा आतकिंत फैलाएर शान्ति सुव्यवस्था खलल पारेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उनीहरुले सवारी साधन चेकजाँचको क्रममा प्रहरीसंग विवाद समेत गरेका थिए ।

पक्राउ पर्नेमा ग १२ प ९८३२ नम्बरको मोटरसाइकल चालक पोखरा–१० बुद्दचोक बस्ने २१ वर्षीय सुवास कार्की, ग २४ प ४४६६ नम्बरको मोटरसाइकल चालक म्याग्दीको मालिका– १ स्थायी घर भई हाल पोखरा–३ बस्ने २५ वर्षका एल्बिन पुन, ग १४ प ८३९९ नम्बरको मोटरसाइकल चालक पोखरा–६ बस्ने २६ वर्षीय सन्जिव दुवाडी र ग ९ प ६०१३ नम्बरको मोटरसाइकल चालक पोखरा–५ प्रस्याङ बस्ने २९ वर्षका अमृत चापागाई रहेका छन् ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले शहरी तथा ग्रामिण क्षेत्रमा होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाली समाजमा आशान्ति फैलाउने मोटरसाईकलहरु कसैले चलाएको देखेमा प्रहरीलाई खबर गर्न भनेका छन् । जानकारी दिने व्यक्तिको पूर्णरुपमा गोपनियता काम रहने पनि उले बताए । यस्ता गतिविधी गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाी हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->