आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कालिका गुठीमा कुमार खड्का नै अध्यक्ष

कालिका गुठीमा कुमार खड्का नै अध्यक्ष

गुठीले मालपोत कार्यालयमा पठाएको पत्रमा कुमार खड्काकै नेतृत्वमा पुजा व्यवस्थापन गर्न आग्रह गरी पठाएको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८२, मंगलबार

बागलुङ/गुठी संस्थानले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा कुमार खड्का नै रहेको बताएको छ । गुठीले मालपोत कार्यालयमा पठाएको पत्रमा कुमार खड्काकै नेतृत्वमा पुजा व्यवस्थापन गर्न आग्रह गरी पठाएको हो ।

२०८२ बैसाखमा निर्णय भइ समिति कार्यरत रहेकोमा अन्य प्राप्त सूचना उपर कारवाही प्रकृया नभएकोले अर्को निर्णय नभएसम्म कुमार खड्काकै नेतृत्वको समितिले काम गर्न गराउन भनिएको हो ।

केहीदिन अघि बागलुङ नगरपालिका वडा नं. १ ले प्रसिद्द बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भएको भन्दै स्विकृतिक ालागि गुठी संस्थानलाई पत्राचार गरेको थियो ।

वडा अध्यक्ष जयबहादुर केसीले गुठी संस्थानलाई गरेको सिफारिस पत्रअनुसार समिति गठन भइ सिफारिसका लागि आएअनुसार संस्थानलाई जानकारी गराएको पत्र लेखेका थिए ।

समितिका अध्यक्ष कुमार खड्काले भने भेला, अधिवेसन केही नभएको बताइसकेका थिए । अन्यथा निर्णय नभएसम्म कुमार खड्काको पदावधि आगामी २०८५ भदौ सम्मकार्यकाल रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->