बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तनहुँमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

तनहुँमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८२, मंगलबार

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज एक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन्। चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकछेउको भित्तामा ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार, बा.प्र. ०३-००१ ज ०९३७ नम्बरको माइक्रोबसले नियन्त्रण गुमाउँदा भित्तामा ठोक्किएपछि सडकमा रोकिराखिएको नेपाल विद्युत् प्राधिकरणको बा।१ञ १२८७ नम्बरको गाडीमा समेत ठोक्किन पुगेको थियो।

दुर्घटनाका सम्पूर्ण घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घाइते हुनेहरूमा चालक लमजुङका ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवन भरतपुरका ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ रहेका छन्।

त्यसैगरी, लमजुङ दोर्दीकी २० वर्षीया गङ्गा तामाङ र ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुर देवचुलीकी ४७ वर्षीया इन्द्रकुमारी तामाङ तथा भरतपुरकी गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->