पोखरा/ तिहारको अवसरमा देउसी, भैलो खेलेर संकलित रकमबाट वडा प्रहरी कार्यालय बैदामले मोटरसाइकल किनेको छ । कार्यालयले लक्ष्मी पूजाका दिन, कात्तिक ३ गते देउसी, भैलो कार्यक्रमको आयोजना गरेको थियो ।
वडा प्रहरी कार्यालय बैदाम परिसरमा खेलिएको देउसी, भैलोमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, वडा अध्यक्षहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू र पत्रकारहरूको उपस्थिति थियो।
देउसी(भैलोबाट २ लाख २१ हजार ५ सय १४ रुपैयाँ संकलन भएको र कार्यालयबाट केही रकम थप गरी २ लाख २४ हजार ९ सय ७० रुपैयाँमा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको हो । एसपी कार्कीले उक्त नयाँ मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईलाई हस्तान्तरण गरे।





