बागलुङ/ अखिल नेपाल जनजाति सम्मेलन बागलुङले गत असोज २६ र २७ मा चितवनको नारायणगढमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनको सन्देश सभा गल्कोटको हटिया बजारमा शुक्रबार सम्पन्न गरेको छ ।
प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला अध्यक्ष तिलक थापाले सभाको उद्घाटन गर्दै अहिले देशको अबस्था विषम परिस्थितिमा पुग्नुमा ठूला राजनीतिक पार्टीहरु जिम्मेवार र बिशेष गरि के पि ओली सरकारको कुशासनको परिणाम रहेको कुरा बताउ । जेनजीहरुले सामाजिक सन्जालमाथी लगाइएको प्रतिबन्ध, चरम भ्रष्टाचार विरुद्धमा सुशासन हुनुपर्यो भनेर गरेको भदौ २३ को शान्तिपूर्ण आन्दोलन माथि क्रुर ढंगले गोली हानी हत्या गर्ने कामको परिणाम जटिल परिस्थिति सिर्जना भएको र यसलाई अमेरिकी साम्राज्यवादको दलाल देशी तथा बिदेशी शक्ति केन्द्र लगायतले उपयोग गरेको उनले दावी गरे । उनले राष्ट्र र राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा र संघीयताको खारेज गर्नुपर्ने बताए । अहिले कम्युनिस्टको नाममा कुनै सिद्धान्त बिना नै एकताको नाममा पद लोलुपता र सत्तामा पुग्ने मात्र खेल रहेका टिप्पणी गर्दै उनले नेपाल र नेपाली जनताहरु निम्ति यो संगठनले सधै ती शोषित निमुखा जनतहरुमाथि गरिएको कुशासन विरुद्ध आन्दोलन गर्न आबश्यकता रहेको जनाए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य बेदीलाल सापकोटा, नेकपा मसाल बागलुङका प्रबक्ता मेकबहादुर पाईजा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार टंक केसी ,रक्तिम साँस्कृतिक अभियान केन्द्रिय सचिव सहबिन अर्गेजा समेतले सन्देश सभा सफलताको शुभकामना मन्तव्य दिए । राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य पदम श्रेष्ठ ,खड्क बिक ,लालबहादुर राना, अखिल नेपाल शिक्षक संघ केन्द्रिय प्रतिनिधि टिकारम कँडेल, रक्तिम साँस्कृतिक अभियान जिल्ला सचिव कुलबहादुर छन्त्याल ,जिल्ला सदस्य सबराज छ्न्त्याल ,जातीय समता समाज जिल्ला सदस्य रणबहादुर बिक लगायतको उपस्थित रहेकोे थियोे ।कार्यक्रम अखिल नेपाल जनजाति सम्मेलन जिल्ला अध्यक्ष तमबहादुर घर्तीको अध्यक्षता, स्वागत मन्तव्य जिल्ला सदस्य भक्तिराम पुन र सन्चालन जिल्ला सचिव तुलबिर श्रीसले गरेका थिए ।





