आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा पिकअप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

बागलुङमा पिकअप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८२, शनिबार

बागलुङ/  जिल्लाको ढोरपाटन नगरपालिकामा शुक्रबार राति पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्। मृतक र घाइते दुवैको पहिचान खुलेको छ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका अनुसार दुर्घटनामा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै मृत्यु भएको हो। बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप राति करिब १० बजे ढोरपाटन नगरपालिका–८ र ९ वडाको सिमाना च्वावीरस्थित सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो।

दुर्घटनामा चालक ढोरपाटन–९ का २७ वर्षीय दिलबहादुर विक र सोही गाडीमा सवार वडा नं–७ का २४ वर्षीय वसन्त अदै घाइते भएका छन्। प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ । अदै सामान्य उपचारपछि घर फर्किएका छन्। प्रहरी निरीक्षक मानन्धरले भने, ‘दुर्घटनाको खबर पाउनासाथ हामी उद्धारमा खटिएका थियौँ। उद्धार समयमै भए पनि एक जनालाई बचाउन सकिएन। घाइते चालकको अवस्था सामान्य छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->