सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

चिनियाँ प्रोफेसरले भेटे पोखराका मेयर

चिनियाँ प्रोफेसरले भेटे पोखराका मेयर


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८२, मंगलबार

पोखरा/पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ सहरको प्रसिद्ध विश्वविद्यालय सुचाउ प्राविधिक विश्वविद्यालयका प्रोफेसर झाङ् र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच भेटघाट भएको छ । सो क्रममा शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार,पर्यटनका सम्बन्धमा दुईपक्षीय समन्वय तथा सहकार्यको सम्भावनाका विषयमा छलफल भएको छ ।

भेटमा वैकल्पिक ऊर्जाको विकास तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, दुईपक्षीय सांस्कृतिक आदान प्रदानलगायतका विषयमा समेत छलफल भएको भएको पोखराका मेयर धनराज आचार्यले बताए । सो अवसरमा बोल्दै प्रोफेसर विले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुचाउमासमेत सिधा उडान सञ्चालनका सहजीकरण गर्ने बताएका थिए ।

नगरप्रमुख आचार्यले पर्यटन राजधानी पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने गरी चीनका विभिन्न नगरहरूसँगको सहकार्यमा पोखरा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन भइरहेको उल्लेख गर्दै सुुचाउ वा विश्वविद्यालयको तर्फबाट सहभागिताका लागि आग्रह गरेका थिए । शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार, पर्यटनका सम्बन्धमा दुईपक्षीय आदानमा प्रदानमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->