आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

त्रिभुवनमा महायज्ञको लागि काम बाडँफाड र भेटघाट शुरु

त्रिभुवनमा महायज्ञको लागि काम बाडँफाड र भेटघाट शुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८२, बिहिबार

बागलुङ/आफ्नो ६५ औं वार्षिकोत्सवको अवसरमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी गरेको त्रिभुवन माविले तयारी तिब्र बनाएको छ । बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको त्रिभुवन माविले आगामी मंसिर २१ देखि २८ गतेसम्म महायज्ञ संचालन गर्दैछ ।

गाउँपालिकालाई निमन्त्रण दिंदै भेटघाट कार्यक्रम र विभिन्न उपसमिति बनाएर महायज्ञको काम अघि बढाईएको मुल समारोह समितिका अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिए । महायज्ञमा प्रमुख वाचकको रुपमा अन्तराष्ट्रिय बाचक, बाचन प्रविण पण्डित दिनबन्धु पोखरेल रहेको विद्यालयले जनाएको छ ।

बागलुङको पश्चिम क्षेत्रमै ऐतिहासिक कार्यक्रम गर्न लागेको भन्दै विद्यालयले विद्यालयसंग सम्बन्धित समिति, पूर्व विद्यार्थी लगाएत सरोकारवाला संगको छलफललाई पनि तिव्रता दिएको छ । जसअन्र्तगत साबिकको दगातुम्डाँडा गाविसमा बसोबास गर्ने र अहिले बसाईसराई गरि नेपालका विभिन्न स्थानमा रहेका स्थानीय र विदेशमा समेत उपसमिति गठन र भेटघाट शुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक ढालमणि भण्डारी बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->