आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महाधिवेसन लक्षित जनप्रर्दशनको तयारीमा एमाले

महाधिवेसन लक्षित जनप्रर्दशनको तयारीमा एमाले

एमालेले बागलुङ क्षेत्र नं १ र २ का लागि मंसिर १३ गते प्रतिनिधि छनौटको निर्वाचन गर्ने, १५ गतेभित्र केन्द्रमा नामाबली पठाउने योजना बनाएको छ । यस्तै, महाधिवेसन लक्षित आउने सुझाव संकलन गरेर सोही आधारमा आधिकारिक धारणा बनाएर जाने लक्ष्य छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

बागलुङ/नेकपा एमालेले आसन्न महाधिवेसनको तयारीका लागि काम थालेको छ । वडा, पालिका र जिल्लाबाट प्रतिनिधि छनौट गर्दै महाधिवेसनमा जाने तयारी गरेको हो ।

त्यस बाहेक एमालेले हालको परिस्थितिमा आम नागरिक माझ सन्देश लैजान भन्दै जनप्रर्दशन गर्ने तयारीमा छ । शुक्रबार एमालेले जनप्रर्दशनमार्फत अग्रगामी र प्रगतीशिल निकास खोज्ने अभियान संचालन गर्न लागेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए ।

त्यसका लागि जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, भदौ २३ को घटनाका दोषी र २४ गतेको राष्ट्रिय सम्पत्ति नष्ट गर्ने दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ । त्यसका लागि जनप्रर्दशन स्वरुप देशभर ७७ जिल्लामा कार्यक्रम आयोजना गरिएको छ । पत्रकार सम्मेलन गर्दै एमालेले आफ्नो धारणा पनि सार्वजनिक गरेको हो ।

एमालेले भदौ २४ को घटनालाई नियोजित र राष्ट्रिय गौरवका संरचना ध्वस्त बनाएर राज्यको अस्तित्वलाई नै समाप्त पार्न खोजिएको आरोप पनि लगाएको छ । आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेसनले पनि ती घटनाको वास्तविकता बाहिर ल्याउन पहल गर्ने, आम नागरिकमा राजनीतिक दलको आवस्यकता र औचित्य पुष्टी गर्ने अवसर सिर्जना गर्ने पत्रकार सम्मेलनमा केसीले बताए ।

एमालेले बागलुङ क्षेत्र नं १ र २ का लागि मंसिर १३ गते प्रतिनिधि छनौटको निर्वाचन गर्ने, १५ गतेभित्र केन्द्रमा नामाबली पठाउने योजना बनाएको छ । यस्तै, महाधिवेसन लक्षित आउने सुझाव संकलन गरेर सोही आधारमा आधिकारिक धारणा बनाएर जाने लक्ष्य छ ।

कार्यक्रममा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले महाधिवेसन आएको सन्दर्भमा विभिन्न भावना र विचार आउन दिने पनि बताए । ‘यो बेला फरक फरक विचार आउन पाउनुपर्छ, ती भावनालाई नै समेटेर महाधिवेसनमा जाने हो’ उनले भने, ‘ती भावनाबाट नै नयाँ नेतृत्व चयन हुनेछ ।’ उनले पनि राजनीतिक दलको अस्तित्व, राष्ट्रिय सहमति र सदभावबाट मात्र राज्य अगाडि बढ्न सक्ने बताए । सबै दलहरु महाधिवेसन र अन्य कार्यक्रममार्फत जनतामा जाने वातावरण बनेपछि मात्र निर्वाचन संभव हुने पनि उनले बताए ।

यसअघिनै नेकपा एमाले बागलुङले संवैधानिक व्यवस्थाको पुनस्थापनाका लागि महाधिवेसन सहितका गतिविधि अगाडि बढाउने निर्णय गरिसकेको थियो । अध्यक्ष केसीले बैठकका निर्णयबारे पनि पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । बैठकले हाल गठन भएको सरकार असंवैधानिक भएको र देशलाई संवैधानिक बाटोमा हिंडाउन एमालेले केन्द्रीय रुपमा संसद पुनस्थापनाको माग अगाडि सारेको समेत बताइसकेको छ ।

आसन्न निर्वाचनका लागि पनि कार्यकर्तालाई तयार रहन एमालेले आग्रह गरेको छ । त्यसका लागि मतदाता नामाबली अद्यावधिकका लागि कार्यकर्ता र आम नागरिकलाई आब्हान गरिसकेको छ । जेनजी आन्दोलन पछिको परिस्थितीलाई हेर्दा नवयुवालाई पार्टीमा ल्याउनेमा पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->