आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महायज्ञमा ५ करोड ८३ लाख संकलन

महायज्ञमा ५ करोड ८३ लाख संकलन

लक्ष्य अनुसारको रकम संकलन हुनेमा आयोजक ढुक्क भैसकेका छन् । मानवीय सेवाका लागि आयोजित महायज्ञलाई सफल बनाउने र उद्देश्य अनुसार पुर्वाधार निर्माण गर्ने लक्ष्यमा नागरिकले साथ दिएको महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिइन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने लक्ष्मका लागि आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सात दिनमा ५ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ ।

मानवसेवा आश्रममा १० करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्य छ । महायज्ञमा उत्साहपुर्ण सहभागिता भएपछि शनिबारसम्म समय बढाइएको छ । लक्ष्य अनुसारको रकम संकलन हुनेमा आयोजक ढुक्क भैसकेका छन् । मानवीय सेवाका लागि आयोजित महायज्ञलाई सफल बनाउने र उद्देश्य अनुसार पुर्वाधार निर्माण गर्ने लक्ष्यमा नागरिकले साथ दिएको महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिइन् ।

आश्रमले सडकमा अलपत्र परेका व्यक्तिहरुलाई सहयोग गर्दै आश्रममा ल्याएर खानेबस्ने व्यवस्थापन गराउँदै आएको छ । यो अभियानपछि आश्रमलाई २ सय जना मानिस राख्न मिल्ने र संचालन गर्न सकिने बनाउने योजना छ । त्यसका लागि बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा आश्रम भवन निर्माणाधिन छ । यो भवन बनिसकेपछि हाल बागलुङ नगरपालिका वडा नं. ३ मा रहेको आश्रम निरयघाटमा सर्ने तयारी छ ।

महायज्ञमा संस्थागत र व्यक्तिगत रुपमा सहयोगीहरु बढीरहेका छन् । विभिन्न आमा समूह, संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरु पनि महायज्ञमा सहभागि भएका छन् ।

आश्रम निर्माणका लागि आयोजित महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा बाचन गरेका छन् । हरेक दिन बिहान योग शिविर र विद्यार्थीका लागि ज्ञानविज्ञानको शिविर समेत संचालन हुनुका साथै बेलुकी भजनकृतन र दिउँसोमा कथा प्रवचन भैरहेको छ ।

महायज्ञमार्फत आश्रमले विभिन्न स्थानका सेवा केन्द्र पनि निर्माणको काम थालेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । १३ वर्षअघि हेटौडाबाट शुरु भएको आश्रम निर्माणले सडकमा अलपत्र परेका नागरिकलाई नाना, छाना र खानाको व्यवस्थापन गर्दै आएको छ । अबदेखि उनीहरुको शिक्षा, स्वास्थ्य र मनोरञ्जनको क्षेत्रमा पनि काम गर्ने योजना बनेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->