सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

गौरीधाम शिव मन्दिर भजन तथा सत्सङ समूहको वार्षिकोत्सव

गौरीधाम शिव मन्दिर भजन तथा सत्सङ समूहको वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८२, शनिबार

बागलुङ/गौरीधाम शिव मन्दिर भजन तथा सत्सङ समूह बागलुङ नगरपालिका वडा नं. ४ बागलुङको १० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सो अवसरमा लक्ष्यवर्ती प्रज्वलन, आर्थिक सहयोगदातालाई सम्मान लगायतका कार्यक्रम गरिएको समूहका अध्यक्ष लक्ष्मी कँडेलले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले हराउँदै गएको लोक संस्कृतिको जगेर्ना गर्नका लागि भजन तथा सत्सङ समूहले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले सबै मिलेर धर्म संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा गौरीधाम शिव मन्दिरका अध्यक्ष नारायण केसी, गौरीधाम शिव मन्दिर भजन तथा सत्सङ समूहका संरक्षक धर्मदत्त सापकोटा, वरिष्ठ सल्लाहकार बुद्धी बहादुर केसी, राष्ट्रिय लोकभजन प्रतिष्ठानका अध्यक्ष टेकबहादुर केसी ‘संगम’ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समूहका अध्यक्ष लक्ष्मी कँडेलको अध्यक्षता, सदस्य जमुना केसीको स्वागत मन्तव्य र संरक्षक भिमनाथ पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->