बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निबन्ध लेखनमा तिवारी प्रथम

निबन्ध लेखनमा तिवारी प्रथम


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८२, आइतबार

पोखरा/तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना भएको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्ड माविमा अध्ययन गर्ने बिशेषता तिवारी प्रथम भएकी छन् ।

‘जीवनमा नैतिक शिक्षाको आवश्यकता’भन्ने शीर्षककमा पहिलो भएकी उनले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरिन् ।

‘उच्च शिक्षा हाम्रो लक्ष्य’भन्ने उद्धेश्यले २०५८ सालमा स्थापना भएको संस्थाले आफ्नो २५ औँ रजत जयन्ती मनाउने क्रममा शनिबार अन्तरविद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक लोकबहादुर गुरुङले बताए ।

प्रतियोगितामाबिन्ध्यावासिनी माविकी पूर्णिमा भट्टराई दोस्रो,सृजना माविकी दुर्गा सिग्देल तेस्रो र प्रतिभा माविका विशाल खत्रीले सान्तवना स्थान प्राप्त गरे ।

प्रतियोगितामा दोस्रो,तेस्रो र सान्त्वना हुनेले क्रमश नगद ७ हजार,५ हजार र ३ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे ।
२७विद्यालयका ५२ जना विद्यार्थीहरु सहभागी रहेको प्रतियोगिताको निर्णायकमा गौरीसरा गुरुङ,दण्डपाणि सुवेदी, रोशनी गुरुङ रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लिटिल स्टेप माविका प्राचार्य पम्फा गुरुङले संस्था २५ औँ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिदै संस्थाले तमु समुदायको क्षेत्रमा गरेका कामको प्रशंसा गरिन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष खेमबहादुर गुरुङ,सल्लाहकार तेजबहादरु गुरुङ,भूपू खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ,तमु साहित्यिक मञ्चका अध्यक्ष तेजबहादुर तमु लगायतको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष श्रीजङ्ग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममो सञ्चालन सचिव कन्चन गुरुङले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->