बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रक्तदाता जुटाउँदै एभरेष्ट

रक्तदाता जुटाउँदै एभरेष्ट

रेडियोले एफएमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्कुल तथा कलेजमा पनि सचेतना अभियान सञ्चालन गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८२, शुक्रबार

पोखरा/पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा आउँदो शनिबार बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेष्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेष्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ पस्र्याङमा हुने रक्तदान कार्यक्रम यही मंसिर ६ गते शनिबार बिहान ७ बजेदेखि १२ बजेसम्म हुनेछ ।

रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ गरिरहेको छ । रेडियोले एफएमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्कुल तथा कलेजमा पनि सचेतना अभियान सञ्चालन गरेको हो ।

जसअन्तर्गत पोखराको शैक्षिक शान भनेर चिनिने पोखरा–३ नदीपुरमा रहेको प्रतिभा मावि र ग्यालेक्सी माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई रक्तदानको महत्व र फाईदाका बारेमा सचेतना कार्यक्रम गरिएको एभरेष्ट मिडिया हाउसका प्रमुख÷सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->