बागलुङ / बागलुङ बहिरा संघ बागलुङको २५ ओै वार्षिक साधारण सभा तथा १० ओै अधिवेशन नयाँ नेतृत्व चयन गर्दै समपन्न भएको छ । अधिवेशनले अमृत शर्माको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्य समितिको सचिवमा बासु थकाली, सहसचिवमा सागर पौडेल, कोषाध्यक्षमा टेकनाथ आचार्य र सदस्यहरुमा सुजन जिसी, बबिता परियार, पुजा बोसेल र नारायण श्रीश रहेको बहिरा संघले जनाएको छ ।





