बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब पोखरामै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब पोखरामै

विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालबाट प्रस्तुत नीति तथा कार्यक्रम पेश गर्दै भनेका छन्,‘पोखरालाई प्रादेशिक च्याप्टरको रुपमा एउटा टियू च्याप्टर गण्डकी प्रदेश र सेरोफेरो कतिलाई छुनसक्छ ।’


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८२, बिहिबार

पोखरा/त्रिभुवन विश्वविद्यालयले अब पोखरामा पनि पठनपाठन सुरु गर्ने भएको छ ।

मंगलबार सम्पन्न त्रिभुवन विश्वविद्यालय सभाले पारित गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा गण्डकी र यसको सेरोफेरोलाई लक्षित गरी त्रिवि च्याप्टर स्थापना गर्ने घोषणा गरिएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालबाट प्रस्तुत नीति तथा कार्यक्रम पेश गर्दै भनेका छन्,‘पोखरालाई प्रादेशिक च्याप्टरको रुपमा एउटा टियू च्याप्टर गण्डकी प्रदेश र सेरोफेरो कतिलाई छुनसक्छ । अर्को हप्तामा हामी स्थलगत निरीक्षणमा गएर त्यहाँ कतिवटा क्याम्पसहरू रहेका छन् ? कतिलाई ओगट्न सकिन्छ ? त्यो क्षेत्रमा विद्यार्थीले पाउने सुविधा काठमाडौं आउन नपर्ने गरी कति भौतिक पूर्वाधार चाहिन्छ ?‘एउटा आधार बनाएर एकदमै चाँडो हुने गरी भइरहेको बिल्डिङले नभएर अर्को बिल्डिङ बनाएर भएपनि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष स्वयम हामीसँग जाँदै हुनुहुन्छ । एउटा च्याप्टर हामी टुंग्याउँछौं । त्यो एक्सरसाइजलाई अन्य प्रदेशहरूमा पनि सात वटै प्रदेशमा विस्तार गर्दै लैजान्छौं ।’

त्रिविको पठनपाठनका लागि काठमाडौंमा नै आउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न यो निर्णय गरिएको उनको भनाइ छ ।

त्रिवि पुनर्संरचना गर्ने सरकारको नीति अनुसार सो काम गर्न लागिएको पनि उपकुलपति अर्यालले बताए ।

त्रिविको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रमले मानव संशाधन व्यवस्थापन तथा जनशक्ति विकास, शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत पुर्नसंरचना तथा विकास, सूचना प्रविधी र डिजिटल रुपान्तरण, अनुसन्धान तथा प्रकाशन, भौतिक पूर्वाधार, विश्वविद्यालयको सम्पत्ति र स्रोतको परिचालन, अनुगमन, गुणस्तर नियन्त्रण र सुशासन र वित्तीय व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएको छ ।

त्रिवि सभाको साधारण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको कुलपति त्रिवि सभाले आफै चयन गर्न पाउनुपर्ने धारणा राखिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गाको सम्वन्धमा गठित समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्न, विश्वविद्यालयका चार(४) बटा अनुसन्धान केन्द्रहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रि अनुसन्धान गर्नेगरी पुनर्विकास गर्न, विश्वविद्यालय परिसरलाई सौन्दर्यकरण गर्न,विदेश अनुसन्धानकर्ता तथा विद्यार्थी आकर्षण गर्ने गरी शैक्षिक वातावरण निर्माण गर्न, प्रयोगशाला र पुस्तकालयहरुलाई थप व्यवस्थित गर्न, शैक्षिक क्यालेण्डरको कार्यान्वयन गरी विद्यार्थीका गुनासो सम्वोधन गर्न,परीक्षा नियन्त्रण कार्यालयमा हुने गरेका ढिलासुस्तीलाई तत्काल सम्वोधन गर्न, व्यवहारिक अनुसन्धानमा विशेष ध्यान दिन र पढ्दै कमाउँदै कार्यक्रम लागू गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->