बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दलित संजालको तनाव व्यवस्थापन तालिम

दलित संजालको तनाव व्यवस्थापन तालिम

चिन्ताले चितामा पु¥याउँछ भन्ने नेपाली उखान सत्य भएको वताउँदै तनाव बारे सबैले राम्रो जानकारी दिनु पर्ने वताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८२, शुक्रबार

पोखरा / वडास्तरिय दलित सञ्जालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को सहकार्यमा २ दिने तनाब व्यवस्थापन तालिम तथा आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम मादीको ताङतिङ गाउँमा सम्पन्न भएको छ ।
दलित सञ्जालमा आवद्ध पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधिहरु पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, वडा सदस्यहरु गीता चम्राकार र नन्दराम गिरी, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखा अध्यक्ष कृष्ण रानाभाट लगाएतको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण प्रशिक्षक भक्तराज रसाईलीले गरेका थिए । उनले चिन्ताले चितामा पु¥याउँछ भन्ने नेपाली उखान सत्य भएको वताउँदै तनाव बारे सबैले राम्रो जानकारी दिनु पर्ने वताए । तनावलाई जाने पछि व्यवस्थापन गर्न सकिने अनेकौ उपायहरुको बारेमा चर्चा गरेका थिए ।
वडास्तरिय दलित सञ्जाल पोखरा ९ की अध्यक्ष सपना विकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक वडा सदस्य गीता चम्राकारले कार्यक्रम माथी प्रकाश पारेकी थिइन् भने स्वागत उपाध्यक्ष रुकविर परियारले र संचालन विमला परियारले गरेकी थिइन् ।
सोही अवसरमा उक्त समुहले मादी गाउँपालिका वडा नं. २ को पर्यटकिय ताङतिङ गाउँमा रहेका पर्यटकीय स्थलहरु झरना, गुम्बाहरु, सेल्फी डाँडा अवलोकन गर्नुका साथै केहि गाउँदेखि ११ किमि टाढा ३१ सय मिटरको उचाईमा रहेको कप्रुडाँडा अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->