बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा ध्वनि प्रदूषण र प्रहरीसँग विवाद गर्ने ४ जना पक्राउ

पोखरामा ध्वनि प्रदूषण र प्रहरीसँग विवाद गर्ने ४ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८२, शनिबार

पोखरा/ पोखरा महानगर क्षेत्रमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी अत्याधिक आवाज निकाल्ने तथा प्रहरीको चेकजाँचको क्रममा विवाद उत्पन्न गर्ने चार युवालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले साँझ गरिएको नियमित निगरानीका क्रममा मनिष केसी, कृष्ण मल्ल, मनोज नेपाली र विशेष पुर्जालाई उनीहरूले चलाइरहेका अवैध रूपमा स्वरुप परिवर्तन गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूले चलाएका मोटरसाइकलहरू क्रमशः ग २१ प ६१७१, लु ३० प ५५६१, ग २० प २९२२ र ग १५ प २०४७ नम्बरका रहेका प्रहरीको विवरणमा उल्लेख छ । उनीहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत हालसम्म १८९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिसकिएको पनि कास्की प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->