पोखरा / गण्डकी विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्ति गर्न गठित सिफारिस समितिले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको हो ।
समितिले ‘गण्डकी विश्वविद्यालयको उपकुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८२’ बमोजिम दरखास्त खुलाएको हो । योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित विश्वविद्यालयको उपकुलपति सिफारिस समितिको सचिवालयमा कार्यालय समयमा दरखास्त पेस गर्नुपर्नेछ ।
आवेदनका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ । छनोट प्रक्रिया र कार्यविधिसम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटबाट लिन सकिने समितिले जनाएको छ ।





